April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

आर्थिक अनियमितताको आरोपमा दुई उपरीक्षक निलम्बित

  • 8
    Shares

काठमाडौं, नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी)लाई निलम्बनमा परेका छन् ।

एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले सञ्चारमाध्यमलाई बताएका छन् ।

निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।

गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको