April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रम ओली नेकपा सचिवालय बैठकमा सहभागी हुने, बैठक एक घण्टा पर सर्यो

  • 2
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहना अनुसार बैठक बुधबार दिउँसो २ बजेलाई सारिएको हो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका थिए । 

यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उनी बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।

सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ । 

बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो भने सो छलफलमा पनि ओलीले प्रचण्डको प्रस्तावको आलोचना गर्दै त्यसको खारेजी हुनैपर्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको