January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

पशुपतिमा दाउराबाट शव जलाउने मेसिन जडान, पुस १ गतेबाट मन्दिर पनि खुला हुने

  • 7
    Shares

काठमाडौं, पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् ।

विद्युतीय शवदाह गृह पनि सन्चालनमा रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावरणमैत्री शवदाह मेसिन जडान गरेको हो ।

कार्यक्रममा पशुपति गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय अनुसार स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने मन्त्री भट्टराईले बताए ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा पशुपति क्षेत्र विकास
कोषको छ ।

शीर्ष समाचार

धेरै पढिएको