April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

प्रधानमन्त्री ओलीको उपस्थित नहुने भएपछि नेकपा केन्द्रीय सचिवालय बैठक अन्यौलमा

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नहुने भएपछि सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक अन्यौलमा परेको छ ।

प्रधानमन्त्री ओलीले केही समय बैठक नराख्न आग्रह गरेपछि आजका लागि तय गरिएको सचिवालय बैठक अन्यौलमा परेको हो ।

दाहाल नेपाल समूहले भने प्रधानमन्त्रीको आग्रहका बाबजुद सचिवालय बैठक बस्ने बताएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

हिजोको बैठकमा ओलीले दाहालको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीले बैठकमा नआउने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको