December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

३९ जना जति मानिस बाेकेकाे टिप्पर कर्णालीमा खस्याे

कालिकोटमा करिब ३० देखि ३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा धेरै हराइरहेको अनुमान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको