April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

२२ तले धरहरा निर्माणको काम अन्तिम चरणमा

  • 51
    Shares

काठमाडौं, वि.सं. २०७२ सालको शक्तिशाली भुकम्पका कारण क्षतिग्रस्त भएको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बन्न लागेको २२ तलाकाे धरहरामध्ये २० तलाकाे ढलान हुन लागेको निर्माण कम्पनीले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

२२ तला बन्ने धरहरा पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको पनि निर्माण कम्पनीको बताएको छ ।

रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले बाँकी दुई तल्लाको काम दुईदेखि तीन महिनाको बीचमा सम्पन्न हुने बताएका छन् । उनका अनुसार धरहरालाई अन्तिम रुप दिने कामको लागि केही समय लाग्नेछ ।

धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, वाइरिङ, फिनिसिङ काम पनि भइरहेको उनी बताउँछन् । विश्वव्यापी महामारी कोभिड-१९ का कारण सुरुका काममा प्रभाव परेतापनि काम निरन्तर भइरहेको छ ।

कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भइरहेको उनले बताए ।

ठेक्का पाएको समयका आधारमा हामीले एक महिना अगावै सक्नु सक्नुपर्ने भए तापनि कोरोनालगायत काम गर्ने सिलसिलामा काम गर्ने साइट नपाएको कारण थप समय आवश्यक रहेको म्यानेजर इन्जिनियर श्रेष्ठले बताएका छन् । तर पनि धरहरा निर्माणको काम सम्पन्न गरेर अरु भित्रको बाँकी काम हुने दिशामा रहेकोे निर्माण कम्पनीले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको