January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

पर्सामा युरिया मल आउन थालेपछि किसान हर्षित

  • 50
    Shares

पर्सा, रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा उक्त मल पाएपछि हर्षित भएका छन् ।

साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि पर्साका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि यहाँका किसानलाई गहुँ खेती गर्न सहज भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ ।

नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले सञ्चारमाध्यमलाई बताएका छन् । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छ ।

स्विस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हँुदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सो रासायनिक मल ल्याउने गरेको छ । मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ । गहुँ धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले अब सो मल आउन थालेपछि यो अभाव समाप्त भएको बताइएको छ ।


लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका जिल्लाका किसानले युरिया मल पाउन थालेपछि धमाधम गहुँ खेती शुरु गरेको किसान विजय पण्डितको भनाइ छ ।

सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असार महिनासम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभावमा धान खेती प्रभावित हुन गएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको