थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ, मंगलवार थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको हो ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ । गत २४ घण्टामा जम्मा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण भएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा भएर २ हजार ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्