March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

नेकपाको सचिवालय बैठक आज धुम्वाराहीमा बस्दै

  • 1
    Share

काठमाडौं, सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा छलफल गर्न बैठक दिउँसो एक बजेपछि पार्टी कार्यालय धुम्वाराहीमा बस्न लागेको हो ।

अर्का अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

ओलीले उठाएका प्रश्नहरूको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरुले सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन ।

अध्यक्ष ओलीले दाहाललाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिएको उनीहरूको ठहर छ ।

शीर्ष समाचार

धेरै पढिएको