March 3, 2021, Wednesday
२०७७ फाल्गुन २०, बिहीबार

एकैदिन २९ जनाकाे मृत्युु,थप १ हजार ४७४ जनामा काेराेना पुष्टि

  • 7
    Shares

काठमाडौं – देशभर थप १ हजार ४७४ जना काेराेना संक्रमित थपिएका छन् । त्यसैगरी कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख १४ हजार ५२१ जना रहेका छन् । हाल कोरोना निको हुनेमाे दर ९१.९ प्रतिशत रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको