
काठमाडौं – संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपालकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले गिरीलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई माग गरेको छ त्यसै गरी यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले घोर आपत्ति जनाएको छ ।





