February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

सन २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्छ: पर्यटनमन्त्री भट्टराई 

  • 2
    Shares

चितवन, सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ होटलको आज शिलन्यास गर्दै उनले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताएका हुन् ।

मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताएका छन् । उनले भने, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।”

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ छ । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताएका छन् । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमास्वदेशी पर्यटक आउन थालेको उनको भनाइ छ ।

तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, “पर्यटकीय गन्तब्य, होटल लगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको