April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न वैदेशिक रोजगार कार्यालयको आग्रह

काठमाडौं, श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न वैदेशिक रोजगार कार्यालय ताहाचलले आग्रह गरेको छ ।

आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु कामहरु पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले आग्रह गरेको हो ।

श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।

सो कुरालाई मध्यनजर गर्दै कार्यालयले हिजो आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ ।

अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेलाई कुनै पनि बहानामा टोकन अगाडि सार्ने काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको