March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आजबाट कोरोना जाँचका लागि एन्टिजेन परीक्षण हुने

काठमाडौं, सरकारले कोरोना जाँचका लागि आजदेखि एन्टिजेन परीक्षण थालेको छ । काठमाडौं उपत्यकामा आजबाट हरेक दिन करिब ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न लागिएको हो ।

आज पहिलो दिन काठमाडौं महानगरपालिकाको वडा नम्बर ४, ७ र ९ मा एन्टिजेन परिक्षण थालिएको छ । जोखिमयुक्त मानिएका गौरीघाट, चावहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा आज एन्टिजेन परिक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८ देखि ७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिनेमा एन्टिजेनमा आधारित परीक्षण गर्दा १५ मिनेटमा नै रिर्पोट आउनेछ ।

काठमाडौं उपत्यकाको परीक्षणको प्रभावकारिता हेरेर उपत्यका बहिर पनि यो परिक्षण विधि प्रयोग गरिने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । एन्टिजेन सामान्य परीक्षणको आधारमा कोरोना संक्रमण भएनभएको थाहा पाइने विधि हो ।

शीर्ष समाचार

धेरै पढिएको