May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

  • 1
    Share

अछाम, अछामको मंगलसेनबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सत्र जना घाइते भएका छन ।

सुदुरपश्चिम यातायातको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटि गाउँपालिका बडा नम्बर सात मार्कुमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा साफेबगर नगरपालिका वडा नम्बर तीनका १९ वर्षिया निरज कुँवर रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको वयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल खसेको छ ।

शीर्ष समाचार

धेरै पढिएको