May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

नेपाल र चिनकाे सम्बन्ध सुमधुर छ कुनै कुराले असर गर्दैन

  • 9
    Shares

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राखेका हुन् । रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको पनि बताएका छन् ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्धलाई अझ सुमधुर बनाएर अगाडि बढाउन चाहेको सन्देश वेईमार्फत दिएका छन् । । छलफलको क्रममा प्रधानमन्त्री ओलीले भने “नेपाल र चीनजस्तो दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको सम्बन्ध अरू कुनै कुराले असर गर्न सक्दैन भन्ने विश्वास हाम्रो रहिआएको छ ।” वेईलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो सम्बन्ध रहिआएको प्रस्ट्य । “हाम्रो यो लामो सम्बन्धमा कुनै पनि किसिमको समस्या छैन्, नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालको भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने नीति हाम्रो रहिआएको छ, त्यसलाई म दोहो¥याउन चाहन्छु ।” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. भट्टराईले स्पष्ट पारे ।

पछिल्ला वर्षहरूमा चीन र नेपालबीच उच्चस्तरीय भ्रमण हुँदै आएको छ र त्यसले आपसी सम्बन्धलाई थप बलियो बनाएको भनाइ प्रधानमन्त्री ओलीको छ । डा. भट्टराईका अनुसार छलफलमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको चीन भ्रमण, चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमण र स्वयं आफूले सन् २०१६ र २०१८ मा गरेको चीनको भ्रमणलाई प्रधानमन्त्री ओलीले स्मरण गरे । ती भ्रमणका क्रममा जुन तहका सहमति भएका छन् ती सहमतिहरूको कार्यान्वयन गरेर अगाडि जाँदा दुई देशको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे।

सहमति र समझदारी कनेक्टिभिटी र सडक सञ्जाल वा रेल्वे, विद्युत् विकास, अन्य पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा चीनको सहयोग उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले वेईलाई सुनाए । ती सहयोगको निरन्तरताले नै दुई देशबीचको सम्बन्ध राम्रो रहेको देखाउने भनाइ पनि प्रधानमन्त्री ओलीको छ । प्रधानमन्त्री ओलीसँगको छलफलका क्रममा चीनका रक्षामन्त्री वेईले नेपाल र चीनबीचमा कुनै पनि समस्या नरहेको प्रस्ट्याएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको