February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

थप १ हजार २५५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

  • 12
    Shares

काठमाडौं, आइतबार थप १ हजार २५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

गत २४ घण्टामा १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् । योसँगै २ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४७९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको