April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

संघीयता खारेज गर्नुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने लगायतका अन्य माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आज काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्दै नारा लगाएका थिए भने उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

जनमोर्चाले छिमेकी मुलुकहरुले नेपालको भूमि अतिक्रमण गरेको भन्दै अतिक्रमित भूमि फिर्ताका लागि सरकारले गम्भीर भएर वार्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।

कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आरोप छ ।

शीर्ष समाचार

धेरै पढिएको