March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

काठमाडौंका लागि उडेको हेलिकप्टर चिलसँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण

  • 24
    Shares

बागलुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको हेलिकप्टर चिलसँग ठोक्किएपछि नुवाकोटमा दुर्घटना भएको छ । दुर्घटनामा सबै सकुशल छन् ।

चरासँग ठोक्किएपछि चालकले हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेका हुन् । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् भने एक जनाको घुँडामा सामान्य चोट लागेको बताइएको छ ।

कैलाश हेलिकप्टर सर्भिसजको नाइन एनए जेजे हेलिकप्टरमा चील ठोक्किएपछि नुवाकोटको बेलकोटमा आकस्मिक अवतरण गरिएको छ ।
हेलिकप्टरमा चालकसहित गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल सवार थिए ।

चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडीको शिशा फुटेको छ भने केही यात्रुलाई सामान्य चोट पनि लागेको छ ।

शीर्ष समाचार

धेरै पढिएको