February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेइ फेङहे, प्रम ओली र राष्ट्रपति भेटेर आजै फर्कने

  • 5
    Shares

चीनका रक्षामन्त्री वेइ फेङहे  काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री फेङहे चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका हुन् ।

उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन् । विमानस्थलमा उनको आगमनको तस्बिर खिच्न सरकारी सञ्चारमाध्यमहरूलाई मात्र अनुमति दिइएको थियो । 

दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन् ।

त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन र जंगी अड्डाको कार्यक्रम सकेर रक्षा मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दिउँसो ३ बजेतिर बालुवाटार जाने छन् । उनी आज साँझ नै स्वदेश फर्केने कार्यक्रम छ ।

बालुवाटारमा रक्षा मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री ओलीलाई भेटेपछि फेङहे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेछन् । 

शीर्ष समाचार

धेरै पढिएको