May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी 

  • 28
    Shares

काठमाडौं, उद्याेगी/व्यवसायीकाे छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

ढकालले एसोसिएटबाट ५२२, वस्तुगतबाट ५९ र जिल्ला-नगरबाट ५२ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४, वस्तुगतबाट ३९ र जिल्ला-नगरबाट ५३ मत प्राप्त गरे ।

महासंघको विधानअनुसार ढकाल अब ३ वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि (२०७९-२०८२) महासंघको नेतृत्व सम्हाल्नेछन् ।

शनिबार राति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान पक्षकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका छन् ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ। त्यो समूहमा कुल १०५ मत खसेकामा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए। यो २४.७६ प्रतिशत भार हो ।

शीर्ष समाचार

धेरै पढिएको