March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

नेपालगन्जमा राजसंस्था हिन्दु राष्ट्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन

  • 1
    Share

नेपालगन्ज, राजसंस्था हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्दै नेपालगन्जमा बृहत मोटरसाइकल र्‍याली प्रदर्शन भएको छ । राष्टवादी नागरिक समाज नेपालगन्जले आयोजना गरेको बृहद प्रदर्शनमा राजा र हिन्दु राष्ट्र पक्षमा नारा लगाईएको थियो ।

मोटरसाइकल -याली नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड सेतुबिक चोक पुष्पलाल चोक, वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, घरवारीटोल हुँदै धम्बोझी चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागि भएका प्रदर्शनकारीले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाउदै अबको बिकल्प राजा सहितको हिन्दु राज्य स्थापना गर्न आन्दोलन चर्काउने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै राप्रपाका नेता एवं नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवलसम्शेर राणाले वर्तमान राज्यसत्ता भ्रष्टचारबाट लिप्त भएर सुशासन कायम गर्न नसक्दा नेपाली बिकल्पको खोजिमा रहेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको