April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

सीमानाका खुलाउन माग गर्दै बिरगंज भन्सारमा दैनिक १ घन्टा धर्ना प्रदर्शन

  • 6
    Shares

बिरगंज, नेपाल -भारत सीमा नाका खुलाउन माग गर्दै बिरगंजमा सीमा संवाद समुहले धर्ना प्रदर्शन गरेका छन् । सीमा संवाद समुहको आयोजनामा सीमानाका खुलाउन आजबाट बिरगंज भन्सारमा धर्ना कार्यक्रम सुरु गरेको हो ।

आज शनिबार बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा बिरगंजको भन्सारमा धर्ना कार्यक्रम गरेको जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तवले जानकारी दिएकी छन् ।

उनका अनुसार जबसम्म बिरगंज रक्सौलको मुख्य सीमा नाका खुल्दैन तबसम्म दैनिक १ घन्टा धर्ना जारी नै रहने छ ।

धर्ना कार्यक्रममा करिमा बेगम , मुन्नी श्रीवास्तव , रम्भा मिश्र , कृष्णा पटेल , रामनरेश यादव , तबरेज आलम लगायतकाको सहभागिता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको