April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

महासंघको निर्वाचन सम्पन्न, साँझ ६ बजेबाट मतगणना सुरु गरिने

  • 1
    Share

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सकिएको छ भने साँझ ६ बजेबाट मतगणना सुरु गरिने भएको छ ।

शतप्रतिशत मतदान सहित मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लिलामणी पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार बस्तुगत तर्फबाट १०१ मा १०१ नै मतदान भएको छ, जिल्ला नगरबाट १०५ रहेकोमा त्यहाँ पनि शतप्रतिशत नै मतदान भएको छ भने एसोसिएट तर्फ पनि सबै मतदान भएको पौडेलको भनाइ छ ।

कुल ११ सय १० जना मतदाता रहेकोमा सबैले मतदान गरेका छन् । निर्वाचन सकिएसँगै निर्वाचन समितिले मत गणनाको तयारी सुरु गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको