January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

शनिवार काठमाडौं उपत्यकामा थपिए ६४५ नयाँ संक्रमित

  • 8
    Shares

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ सय ८५ महिला र पुरुष ३ सय ६० रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ९ हजार ४ सय ५० पुगेको छ ।

काठमाडौंका कुल संक्रमितमध्ये काठमाडौंमा संक्रमितको कुल संख्या ८६ हजार ८ सय ५६ जना, ललितपुरमा १३ हजार ८८, भक्तपुरमा ७ हजार १ सय ०४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको