January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

थप १ हजार ३८० जनामा कोरोना पुष्टि, १९ को मृत्यु

  • 18
    Shares

काठमाडौं, शनिबार १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको