February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

नेकपा सचिवालयको बैठक दिउँसो एक बजे बस्दै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा उनले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री ओलीले आफुमाथि लागेका आरोपवारे बैठकमा प्रस्ष्ट पार्ने उनी निकट एक नेताहरुले जानकारी दिएका छन् ।

यसअघि गत मङ्सिर तीन गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई दश दिनको समय दिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको