रुकुम पश्चिममा जन्ती लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुम पश्चिम, रुकुम पश्चिममा जन्ती लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिप चालक भने फरार छन् ।
दुर्घटनामा आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले सञ्चारमाध्यमलाई बताएका छन् । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भिर घाइते रहेको प्रहरीले बताएको छ ।
रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । पछि सरेर जिप एक सय मिटर तल पुगेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्