June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १४ सय ३५ पुग्याे, आज मात्रै २३ जनाकाे निधन

काठमाडौं – नेपालमा काेराेना भाइरस संक्रमणबाट हालसम्म १४ सय ३५ जनाकाे मृत्युु भएको छ । जसमध्य शुक्रबार मात्रै २३ जनाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन् । यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् । अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको