May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

कोरोना बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण

  • 14
    Shares

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ जोखिम भत्ता वितरण गरेको छ ।

कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनसाो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले कोरोना संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन, आदेश, २०७७’ बमोजिम रकम वितरण गरिएको जनाएको छ ।

मन्त्रालयले प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्तसम्मको निकासा गरिएको र कात्तिक महिनाको जोखिम भत्तासहितको रकम भुक्तानीको क्रममा रहेको जानकारी दिएको छ ।

निर्देशिका बमोजिम कोभिड १९ संक्रमितको परीक्षण तथा उपचारमा संलग्न कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

योसँगै सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड–१९ को पीसीआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको