March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

भारतीय विदेशसचिव र प्रम ओलीबिच भेटवार्ता, द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड

  • 45
    Shares

काठमाडौं, नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बालुवाटारमा भएको सो भेटवार्तामा प्रधानामन्त्री ओलीले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अहिले सम्बन्धमा देखिएको चिसोपना हटाउँदै सबै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

विदेश सचिव श्रृंगलाले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकै रुपमा नेपाल भ्रमणमा आएको पनि जनाएका थिए । श्रृंगला आज काठमाडौं आएका हुन् । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसअघि उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी, परराष्ट्रसचिव डा. भरतराज पौडेलसँग भेटवार्ता र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको