February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

थप १ हजार ६१४ जनामा कोरोना पुष्टि, १ हजार ४३७ जना संक्रमणमुक्त

  • 18
    Shares

काठमाडौं, बिहिवार थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१ जनाको परीक्षण हुँदा १ हजार ६१४ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको