May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारणसभा आजबाट शुरु हुँदै

  • 1
    Share

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा आजबाट काठमाडौंमा शुरु हुँदैछ । साधारण सभाको उदघाटन प्रधानमन्त्री केपी ओलीले जुम प्रविधिबाट गर्ने कार्यक्रम छ ।


निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित विभिन्न पदका लागि १ सय २१ जनाले प्रतिस्पर्धामा भाग लिएका छन् । त्यसमध्ये ७० जना निर्वाचित भएर आउने छन् ।

गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।

अध्यक्षमा वरिष्ठ उपाध्यक्ष स्वतः निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । निर्वाचनका लागि किशोर प्रधान र चन्द्र ढकालका दुई छुट्टाछुट्टै समूह प्रतिपर्धामा रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की व्याङकेट माइतीघर र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय छुट्टाछुट्टै रुपमा निर्वाचनको लागि मतदान हुनेछ । निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिएका छन् ।

बुधवारसम्म अद्यावधिक भएका मतदाताहरुमा एसोसिएट तर्फबाट ९ सय २३, वस्तुगत तर्फ एक सय तीन, जिल्ला नगरबाट एक सय सात, राष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ गरी कुल १ हजार १ सय ५७ मतदाता सहभागी हुने निर्वाचन समितिले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको