May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

काठमाडौं आउदै गरेको जिप त्रिशुलीमा खस्दा आमाछोरीसहित तीन जना बेपत्ता

  • 6
    Shares

प्युठान, प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप आज बिहान त्रिशूली नदीमा खस्दा आमाछोरी सहित तीन जना बेपत्ता भएका छन् ।

लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको हो ।

गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिमरुक गाउँपालिका–पाँच खहरेकी जमुना रोका र उनकी एघार वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता भएका छन् ।

जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने उद्दार गरिएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

छोरीको उपचारका लागि काठमाडौं आउदै गर्दा रोका दम्पती दुर्घटनामा परेका हुन् । बेपताको खोजीमा गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ भने बेपत्ता जीप पनि फेला परेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको