March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

नेकपामा मोनोमानी चल्दैन, अवसर पाएको समयमा बोलेरो होइन काम गरेर देखाउ: नेता नेपाल

  • 18
    Shares

विरगंज, नेपाल कम्युनिस्ट पार्टी का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको विवाद बैठकबाट अन्त्य हुने बताएका छन् । नेकपा निकट नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन कार्यक्रममा बुधबार नेता नेपालले बैठकबाटै सबै समस्याको समाधान हुने बताएका हुन् ।

देश विकासमा कर्मचारीहरुको मुख्य जिम्मेवारी रहेकाले काम गर्न अवसर पाएको समयमा बोलेरो होइन, काम गरेर देखाउन उनले आग्रह गरेका छन् । उनले विगतको समयजस्तो अहिलेको समय नरहेकोले कसैको दबाब र प्रभावमा नपरी काम गर्नसमेत आग्रह गरे ।

कर्मचारीले आफ्नो काम इमानदारीपूर्वक गर्न थाले विकासका कामले गति लिन बताए । उनले कर्मचारीहरु कुनै पनि लोभ-लालचमा नपरेर निर्धक्क काम गर्दै देश विकासमा सहयोग गर्नु आजको आवश्यकता रहेको औँल्याएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको