February 24, 2021, Wednesday
२०७७ फाल्गुन १३, बिहीबार

थप १ हजार ९४८ जनामा कोरोना संक्रमण,२८ जनाको मृत्यु

  • 6
    Shares

काठमाडौं– बुधबार देशभर १ हजार ९४८ जना काेराेना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार १४० जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९९८ जना रहेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।

काठमाडौं उपत्यकामा गत २४ घण्टामा ८३५ जना संक्रमित भएका छन् । काठमाडौंमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना संक्रमित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको