March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई कालो झण्डा

  • 55
    Shares

बुटवल, गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् ।

काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।

अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको