April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

प्रहरीको गोलीबाट घाइते भएका न्यौपानेको मृत्यु, बर्दिबासमा निषेधाज्ञा जारी

  • 62
    Shares

महोत्तरी, महोत्तरीको बर्दिबासमा मंगलबार छ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै गरिएको  प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते भएका एक युवकको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका एकका बुद्धिराज न्यौपानेको उपचारकै मंगलबार राति कठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ४२ वर्षीय न्यौपानेको कम्मर मुनी गोली लागेको थियो ।

गोलीबाट गम्भिर घाइते बर्दिबास पाँचका श्याम कार्कीको भने उपचार भैरहेको छ । हत्या गरी बोरामा हालेर फालिएको अवस्थामा बर्दिबास १४ की गुलबसा खातुनको शव मंगलबार बिहान भेटिएपछि आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए । भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालिकाको हत्या गरेको आरोपमा प्रहरीले अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ ।

न्यौपानेको मृत्युपछि प्रदर्शन थप चर्कने अनुमान गर्दै प्रशासनले बर्दिवासमा निषेधाज्ञा जारी गरेको छ । उक्त घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा आजबाट निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन् ।

उनका अनुसार पुर्वमा वडा नम्बर १ को रातो खोला पश्चिममा वडानम्बर ५ को माईस्थान उतरमा वठा नम्बर ३ को पाटु र दक्षिणमा वडा नम्बर ८ को क्वाटर चोम सम्ममा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको