March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

काठमाडौं उपत्यकामा थपिए ९ सय ४७ जना नयाँ संक्रमीत

  • 8
    Shares

काठमाडौं, काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ संक्रमित थपिएका हुन् । काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ६ हजार ३ सय ६३ पुगेको छ ।

योसंगै काठमाडौंमा ८४ हजार ५ सय १७ जना, ललितपुरमा १२ हजार ५ सय ७७, भक्तपुरमा ७ हजार ५ सय ८८ जना संक्रमित पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको