थप १ हजार ७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, मंगलवार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको हो ।
आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण नेपालमा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।
गत २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०४८५८ पुगेको छ।
नेपालमा हालसम्म १६ लाख ८१ हजार २९९ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ६२७ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्