March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

बालिका बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन, प्रहरीको गोलिबाट एक घाइते

  • 39
    Shares

महोत्तरी, ६ वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा बर्दिबासमा विरोध प्रदर्शन भएको छ भने प्रदर्शनका क्रममा प्रहरीले गोली पनि चलाएको छ ।

प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ

कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् ।

आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव गयराति हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन । आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको