February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

खोटाङमा ६ स्थानीय तहका विद्यालय पुनः सञ्चालनमा, चारमा भने अझै अन्योल

  • 1
    Share

खोटाङ, कोरोना महामारीका कारण जिल्लाका दशमध्ये छ स्थानीय तहमा बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् । शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।


स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् ।

लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम भने बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सोमबारदेखि विद्यालय खुलाएको छ ।

विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोगलगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन ९शिक्षक०लाई राखेर तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो । पन्ध्र वडा रहेको नगरपालिकामा ९४ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् ।

नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने भन्दै प्रत्येक विद्यालयलाई थर्मलगन उपलब्ध गराएको छ ।

शीर्ष समाचार

धेरै पढिएको