March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप १ हजार ९८० जनाामा संक्रमण पुष्टि

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा गरिएको १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षणमा ७८९ महिला र ११९१ जना पुरुषमा गरी १९८० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३३७ रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।

काठमाडौंमा थपिए १००७ संक्रमित काठमाडौं उपत्यमामा गत २४ घण्टामा १००७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा संक्रमण पुष्टि भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको