June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नेपालबाट कोरोना नेगेटिभ भनी विदेश पुगेका व्यक्तिमा पाेजेटिभ देखिएपछि चार प्रयाेगशालालाई स्पष्टीकरण

काठमाडौं– कोरोना परीक्षणको स्वाब मापदण्ड अनुरुप नराखेको भन्दै काठमाडौंस्थित स्टार अस्पताल लगायत पीसीआर परीक्षण गर्ने ४ वटा प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

नेपालबाट कोरोना नेगेटिभ भनी पठाइएका व्यक्तिहरु विदेशमा कोरोना पोजिटिभ फेला परेर वायु सेवा निगम कारबाहीमा परेपछि सरकारले छानबिन टोली गठन गरेको थियो । सो छानबीन टोलीले अध्ययन गर्दा ४ वटा प्रयोगशालाले स्वाब नमूना सुरक्षित नराखिकनै पीसीआर परीक्षणको रिपोर्ट दिएको पाइएको छ ।

पीसीआर स्वाबको नमूना नेगेटिभ भए १ महिना र पोजिटिभ भए ३ महिनासम्म सुरक्षित स्टोर गरी राख्नु पर्ने व्यवस्था ती प्रयोगशालाहरुले उल्लंघन गरेको पाइएको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । प्रयोगशालाहरुले आफूले जाँचेका नमूना तोकिएको अवधिभित्र राख्ने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय पनि गरिएको प्रवक्ता डा गौतमले बताए ।

शीर्ष समाचार

धेरै पढिएको