
काठमाडौं – मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै सर्वसाधारणहरु प्रदर्शनमा उत्रिएका छन् । उनिहरुले विभिन्न खाले मागहरु राखेका छन् जस्तै पीसीअारकाे दाएरा बढाउनु पर्ने,क्वारेन्टाइन व्यवस्थित बनाउनुपर्ने ,लगाएका माग राखि प्रदर्शमा गरिरहेका थिए । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेका छन् ।
लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ । उनिहरुले लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा समेत लिएको छ ।





