November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

थप १ हजार ६६९ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

  • 12
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १ हजार ६६९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । पछिल्लो २४ घण्टमा थप १६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३२१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको