November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

देशभर १ हजार ६७४ जना संक्रमित थपिए , ७ जनाकाे मृत्यु

  • 24
    Shares

काठमाडौं – देशभर बितेको २४ घण्टामा १ हजार ६७४ जना काेराेना संक्रमित भएको छ । जसमध्ये ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको हाे । त्यसैगरी शनिबार डिस्चार्ज हुनेको संख्या २ हजार ३२३ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएकाे छ भने हालसम्म मृतकको संख्या १३०५ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएसँगै कुल परीक्षण १६ लाख ५२ हजार ४३ पुगेको छ ।

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको