December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

काठमाडौंमा थप १ हजार १०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक लाख नाघ्यो

  • 31
    Shares

काठमाडौं, गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको एक लाख नाघेको हो । काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार  काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्।

देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार २९८ जनाको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको