November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

थप १ हजार ९४५ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

  • 23
    Shares

काठमाडौं, शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । आज कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । हालसम्म १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको