December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप दुई हजार १०३ जनामा काेराेना संक्रमित, १७ जनाकाे मृत्यु

  • 23
    Shares

काठमाडौं, बिहिबार २ हजार १०३ जना काेराना सङ्क्रमित थपिएका छन् भने २ हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ । हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले निको हुने दर बढेको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ । क्वारेन्टिनमा ७६७ जना छन् । हाल २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको